बिजय मल्लको 'म र चिठ्ठी' [Audio Story]

User Rating: / 17
PoorBest 




जय मल्ल को 'परेवा र कैदी' कथा संग्रहबाट आज 'म र चिठ्ठी' शीर्षक को कथा वाचन गर्दैछौँ । रेडियोवाचनका लागि यसका प्रस्तोता अच्युत घिमिरे वाचन गर्दैहुनुहुन्छ भने, प्रविधिमा उज्वल अधिकारी ले साथ दिइरहनुभएको छ ।

आज को रेडियोवाचन को श्रृंखला मा बजेको कथा 'म र चिठ्ठी' २००७ सालमा लेखक प्रजातन्त्र प्राप्ति पछि जेलबाट छुटेको कुरा बाट सुरु हुन्छ । लेखक कांग्रेसका कार्यकर्ता रहेछन्, अनि दिनहुँ चिठ्ठीहरु आउँदारहेछन्, अनि प्राय पत्रमा जागिर को याचना गरिएको हुन्थ्यो । व्यवस्था बलदिएको भएपनि मनोवृत्ति बदलिएको थिएन ।

एकदिन, एउटी आइमाई को चिठ्ठी आयो । चिठ्ठी लेख्ने आइमाईलाई लेखक चिन्छन् तर लेखकले यहाँ उनको नाम भने उल्लेख गरेका छैनन् । त्यो चिठ्ठी पढिसकेपछि लेखक ले त्यही चिठ्ठीलाई कथाको रुप दिएका छन् । चिठ्ठीमा आइमाईले बिहे को कुरा लेखेकी छिन् सुरुमा, लेखक उनलाई एकपटक हेर्न गएका रहेछन् तर पछि चिना मिलेन भनेर विवाह भएन । अनि ती महिला को अर्को पुरुष सँग विवाह भयो । त्यसपछि के भयो ? कथा निकै रोचक छ, ती आइमाई, तिनका पति र लेखक बिच कथा जेलिएको छ । 'म र चिठ्ठी' ले जिवन को एउटा तितो यथार्थ बोध गराउँछ । अत: कथा थाहापाउन सुन्नुहोस्, रेडियोवाचन को यो अंक ।

- आकारपोष्ट




Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment


Latest ContentMost Read Content

About Nepal123.com | Terms of Use | Disclaimer | Privacy Policy
Nepal123.com - admin@nepal123.com - 713-965-7287