हवन - अडियो कथाहरु

User Rating: / 2
PoorBest 




आज को अडियो कथामा केही छोटा कथाहरु लिएर आएका छौँ । निलम कार्की ‘निहारिका’ को कथा संग्रह ‘हवन’ बाट अच्युत घिमिरे केही कथाहरु वाचन गर्दै हुनुहुन्छ भने प्रविधि मा साथ दिइरहनुभएको छ, अनिल मन्डर ले ।

‘हवन’ कथा संग्रह मा रहेका ४ वटा कथाहरु आज वाचन गरिँदैछ । सुरुमा ‘२०६२ को राजमार्ग’ वाचन हुँदैछ, जुन कथा ले तत्कालिन नेपाल को अवस्था को सजिव चित्रण गरेको छ । कुनै पात्र नभएपनि, यो कथा ले धेरै कुरा भनिरहेको छ, जनयुद्ध, माओवादी, सेना, जनताले खेपेका सकस र सास्ति !

त्यसपछि ‘दोस्रो बिहे’, ‘जन्मिन नपाएका नानीहरु’ र ‘हारजित’ कथा वाचन हुनेछ । निलम कार्कीका कथाहरुले अधिकांशका व्यथाहरु बोकेका छन् । भ्रुण हत्या को विषय ‘जन्मिन नपाएका नानीहरु’ कथा मा समेटिएको छ, भने वैवाहिक सम्बन्ध आदि का बारेमा बाँकि कथा मा लेखिएको छ ।

निलम कार्की ‘निहारिका’ को हवन कथा मा संग्रहित केही कथाहरु आज को बसाइ मा वाचन गरियो भने, केही कथाहरु अर्को बसाइमा वाचन गरिने छ । यहाँहरुलाई यो वाचन कस्तो लाग्दैछ, कथाहरु कस्तो लाग्यो, जान्ने उत्सुकता हामी मा रहेको छ । धन्यवाद अच्युत घिमिरे अनि धन्यवाद लेखिका निलम कार्की ‘निहारिका’ ।

-आकारपोष्ट




Comments

Name *
Email (For verification & Replies)
URL
Code   
Submit Comment


Latest ContentMost Read Content

About Nepal123.com | Terms of Use | Disclaimer | Privacy Policy
Nepal123.com - admin@nepal123.com - 713-965-7287