कर्ण शाक्यको "सोच" - अडियो किताब

कर्ण शाक्यको बहुचर्चित पुस्तक ‘सोच’ को अडियो सुन्ने किताबका रुपमा प्रकाशन भएको छ।
आम जनमानसमा निराशा र वितृष्णाले जरो गाडेको हालको विषम परिस्थितिमा सकारात्मक सोचको नितान्त आवश्यकता देखिएको हुँदा आम जनमानसमा सकारात्मक सोचको जागरण गराउने अभिलाशाले यो सुन्ने किताब सोचलाई अभियानका रुपमा सञ्चालन गरिएको छ। नेपालका विभिन्न एफएमहरुबाट पनि यो सुन्ने किताब बजिसकेको छ।आज ‘स्वर्ग कहीँ हैन, यहीँ छ’ शीर्षकलाई प्रस्तुत गरेका छौँ। सुन्नलाई वा डाउनलोड गर्नलाई भित्र आउनुस्।
यो सुन्ने किताबका परिकल्पना/संयोजक रविन्द्र सिंह बानियाँ हुन्। आवाज लक्ष्मण शेष र राधिका बानियाँको हो। रेकर्डिस्ट विकास गुरुङ हुन् भने सम्पादन र मिक्सिङ विनायक अर्यालले गरेका हुन्।
स्वर्ग कहीँ हैन, यहीँ छ







Comments