डिआइजीले श्रीमतीको हत्या नियोजित रुपमै गरेको प्रहरी निष्कर्ष

सशस्त्र प्रहरी नायब महानिरीक्षक -डिआइजी) रञ्जन कोइरालाले आफ्नी श्रीमती गीता ढकालको हत्या नियोजित रुपमा गरेको यथेष्ट प्रमाण भेटिएको बताएको छ । कर्तव्य ज्यान मुद्दामा पक्राउ परेका कोइरालाले आफ्नो बयानमा आपसी विवाद र हातपातका क्रममा कोठाको भित्तामा ठोक्किई श्रीमतीको मृत्यु भएको उल्लेख गरेका छन् । तर अनुसन्धानबाट गीताको हत्या कोइरालाले नियोजितरूपमा नै गरेको यथेष्ट प्रमाण फेला परेको दाबी प्रहरीले गरेको छ ।
उक्त घटनाका सम्बन्धमा औपचारिकरूपमा जानकारी दिन महानगरीय प्रहरी आयुक्तको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा डिआइजी कोइरालाको बयान जस्तो भए पनि निजले हत्या गरेको भन्नेमा आफूहरूलाई कुनै द्विविधा नरहेकाले निजलाई सोहीअनुसारको कानुनी कारबाही हुनेे बताइयो ।







Comments